फजुल खर्च रोकेर भूकम्प पीडितलाई सहयोग गर्न प्रधानमन्त्री ‘पचण्ड’लाई गगन थापाको आग्रह  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

फजुल खर्च रोकेर भूकम्प पीडितलाई सहयोग गर्न प्रधानमन्त्री ‘पचण्ड’लाई गगन थापाको आग्रह 


२६ कार्तिक २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पचण्ड’ समक्ष नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन्।

सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्प पीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न सुझाएका छन्।

आज प्रधानमन्त्रीसँग भएको भेटमा महामन्त्री थापाले फजुल खर्च रोकेर भूकम्प प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न आग्रह गरेका महामन्त्री थापाको निजी सचिवालयले जनाएको छ।

महामन्त्री थापाले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि छुट्याइएको रु आठ अर्ब २५ करोड पुनर्निर्माण कोषमा जम्मा गर्न अनुरोध गरेका थिए। भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरे। 

Tags :
प्रतिक्रिया दिनुहोस