अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : तिहारमा चिकित्सक र एम्बुलेन्स तयारी राख्नू  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : तिहारमा चिकित्सक र एम्बुलेन्स तयारी राख्नू 


२६ कार्तिक २०८०, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारका बेला अस्पतालहरूमा चिकित्सक र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितता गर्न भनेको हो। 

‘सार्वजनिक बिदाका दिनहरुमा पनि अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकिस्म्क चिकित्सकीय समूह (इएमटी), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बिइएमटी), एम्बुलेन्स आदि तयारी अवस्थामा राख्नुहुन तथा राख्न लगाउनुहुन सम्बन्धित सरोकारवाला निकायहरूमा अनुरोध गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ। 

मन्त्रालयले चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्न पनि आग्रह गरेको छ। 

‘चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरिरहनु भएकाहरूले उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्नुहुन पनि अनुरोध गर्दछौँ।’ मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस