काठमाडौँको सडकका गाईबाच्छा काञ्जी हाउसमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काठमाडौँको सडकका गाईबाच्छा काञ्जी हाउसमा


२६ कार्तिक २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धारका लागि दिपावलीको पूर्वसन्ध्यामा दक्षिणकालीमा काञ्जी हाउस सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाको सो कार्यको ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले खुसी व्यक्त गरेको छ । ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्र बनाउन देशभरका हरेक पालिकामा सुविधा सम्पन्न काञ्जी हाउस स्थापना तथा सडकमा गाई वस्तु अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि कानुनी वकालत गर्दै आएको छ ।

सडकमा अलपत्र असहाय गाईबाच्छालाई संरक्षणको आग्रह गर्दै अभियानका अध्यक्ष उत्तम पुडासैनीले आज विज्ञप्ति जारी गर्दै त्यसरी सडकमा गाईबाच्छा छाड्दा उनीहरूलाई रोग लाग्ने भएकाले काञ्जी हाउसमा लगेर राख्न भने । गाईबाच्छाको स्वास्थ्य परीक्षण गर्न तथा रोगी पाइएमा क्वारेन्टिनमा राख्नसमेत उनले आग्रह गरे ।

अभियानले हालसम्म करिब दुई सय अलपत्र गाईबाच्छाको उद्धार गरी कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारस्थित गौचरणमा आश्रय दिँदै आएको छ । उद्धार गरेर ल्याइने गाईबाच्छाको आफूहरूले संरक्षण गर्ने अध्यक्ष पुडासैनीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस