भूकम्प प्रभावितहरूको उपचारका लागि तत्काल विशेष कार्ययोजना बनाउन गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भूकम्प प्रभावितहरूको उपचारका लागि तत्काल विशेष कार्ययोजना बनाउन गृहमन्त्रीको निर्देशन


२६ कार्तिक २०८०, आइतबार


काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित क्षेत्रका असहाय, वृद्धवृद्धा, बालबालिका एवं बिरामी नागरिकको उपचारका लागि तत्काल डाक्टर, औषधिसहित विशेष योजना बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

जाजरकोट केन्द्रबिन्दु भई पश्चिम नेपालमा गएको विनासकारी भूकम्पबाट प्रभावितहरूको लागि राहत तथा अस्थायी पुनर्वासको व्यवस्थाबारे गृहमन्त्री श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक सिंहदरवारमा आज बसेको हो ।

उक्त बैठकमा मन्त्री श्रेष्ठले चिसो मौसमको बेला पीडित नागरिकको स्वास्थ्यमा जोखिम रहेको र त्यसलाई तत्काल सम्बोधन गर्न सक्ने गरी औषधी र स्वास्थ्यकर्मीसहित योजना बनाउन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई विशेष निर्देशन दिए ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयलाई मेरो विशेष निर्देशन के छ भने अहिले वृद्धवृद्धा, बालबच्चा, सुत्केरीको निम्ति डाक्टर, औषधि र अरु आवश्यक केके कुराको व्यवस्थापन गर्नुपर्ने हो तत्काल योजना बनाइहाल्नोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस