श्रीमान्-श्रीमती मृत फेला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

श्रीमान्-श्रीमती मृत फेला


२६ कार्तिक २०८०, आइतबार


महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका-१ बिनबारीमा एक दम्पती आफ्नै घरमा आज मृत फेला परेका छन् ।

बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए।’घट्नाबारे त्रिभुवनबस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ’ उनले भने- ‘श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस