अलैँची निकासीमा उल्लेख्य वृद्धि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अलैँची निकासीमा उल्लेख्य वृद्धि


२६ कार्तिक २०८०, आइतबार


विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाको मुख्य उत्पादन मध्येको अलैँची निकासी उल्लेख्य रूपमा बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा अलैँची निकासी ५६ प्रतिशतले बढेको हो ।

यो आर्थिक वर्षको साउन, भदौ र असोजमा गरी एक अर्ब ८९ करोड ७६ लाख रुपैयाँको अलैँची निकासी भएको हो ।

गत वर्षको सोही अवधिमा एक अर्ब २० करोड ६१ लाख रुपैयाँको अलैँची निकासी भएको थियो । विदेशमा अलैँचीको माग बढेपछि निर्यात वृद्धि भएको भन्सार विभागले जनाएको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम लगायत जिल्लामा अलैँची खेती प्रशस्त हुने गरेको छ ।

ती जिल्लामा उत्पादित अलैँची झापाको बिर्तामोडमा सङ्कलन गरी व्यवसायीहरूले भारत र अन्य मुलुकमा निर्यात गर्ने गरेका छन् ।

मुख्य गरी भारत र पाकिस्तानमा अलैँची जाने गरेको व्यवसायीहरू बताउँछन् । यसैगरी केही परिमाण अलैँची इटाली, जर्मनी र अमेरिकामा पनि निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष २०७८-७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो ।

पूर्वी पहाडी जिल्ला र अरु जिल्लामा समेत गरी देशभर करिब १६ हजार हेक्टर जग्गामा अलैँची खेती हुने गरेको छ ।

उक्त क्षेत्रफलबाट करिब ८ हजार ३ सय टन अलैँची उत्पादन हुन्छ ।

अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको मुख्य स्रोत हो । अलैँची व्यवसायी महासङ्घका अनुसार देशका तीन दर्जनभन्दा जिल्लामा अलैँची खेती विस्तार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस