अष्ट्रेलियाले बङ्गलादेशलाई ८ विकेटले हरायो  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अष्ट्रेलियाले बङ्गलादेशलाई ८ विकेटले हरायो 


२५ कार्तिक २०८०, शनिबार


काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बङ्गलादेशलाई ८ विकेटले हराएको छ ।  बङ्गलादेशले दिएको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ३२ बल अघि नै जम्मा २ विकेट गुमाएर भेटायो । उसका मिचेल मार्सले नटआउट १ सय ७७ र स्टेभिन स्मिथले ६३ रन बनाए । डेविड वार्नर ५३ र ट्रेभिस हेड १० रनमा आउट भए ।

बंगलादेशका तस्किन अहमद र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए । आजको हारपछि पनि बङ्गलादेशको शीर्ष आठ भित्र रहेर च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै छ ।

यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनायो । उसका लागि ताहिद ह्रोदीले ७४ तथा नजमुल होसाइन शान्तोले ४५ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका सीन अबोट र एडम जाम्पाले २/२ विकेट लिए । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस