विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली टिम घोषणा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली टिम घोषणा


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्। नेपालले बिहीबार युएईसँग खेल्नेछ। त्यसका लागि नेपाली टिम आइतबार त्यसतर्फ जानेछ। 

नेपाली टिममा गोलकिपर किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल, डिफेन्डर सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ, मिडफिल्डर लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल, फरवार्ड अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस