दुई नापी सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई नापी सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा नापी कार्यालय झापामा कार्यरत सर्वेक्षकद्वय देवनारायण ठाकुर, सुवास चन्द्र यादव र बिचौलिया उमेश यादवविरुद्ध मुद्दा दायर गरिएको हो ।

सर्वेक्षक द्वय ठाकुर, यादव र बिचौलिया यादवले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग सत्तरी हजार रुपैयाँ र पचपन्न हजार रुपैयाँको चेकसहित जम्मा एक लाख पच्चीस हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा एक लाख पच्चीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय माग गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस