नासु र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नासु र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२३ कार्तिक २०८०, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस-रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नासु कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग एक लाख ५० हजार गत असोज १२ गते पक्राउ गरेको थियो । 

उनीहरूको मिलेमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । 

कटुवाल र अधिकारीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो सोही बरावरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुनसमेत मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस