पाँच मन्त्रालयका करिव १४ सय कर्मचारी दरबन्दी तेरिज स्वीकृत « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पाँच मन्त्रालयका करिव १४ सय कर्मचारी दरबन्दी तेरिज स्वीकृत


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । सरकारले कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको छ । बुधवार बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले ५ वटा मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको कर्मचारी तेरिज स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।  

बैठकले जस अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको ३१७ जना, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ४८ जना, संस्कृत पर्यटन तथा सहकारी मन्त्रालय १०३ जना, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय ५८३ जना र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय ३४६ जनाको दरबन्दी तेरिज स्वीकृत गरिएको उनले बताए ।

यसअघि गत असोज १५ मा बसेको मन्त्रिपरिषद् बैठकले ६ मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस