बलात्कारको आरोप लागेका कराँतेका दुई प्रशिक्षकलाई ८ वर्ष कैद  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बलात्कारको आरोप लागेका कराँतेका दुई प्रशिक्षकलाई ८ वर्ष कैद 


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । सामूहिक बलात्कारको आरोप लागेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले कैद र जरिवानाको फैसला गरेको छ ।

सामूहिक बलात्कारमा दोषी ठहर भएका विराटनगर महानगरपालिका-४ का सुरज भनिने अमर सुवेदी र विराटनगर-३ का विनोद राउतलाई जनही ८ वर्ष कैद सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले यसअघि दुवै जनालाई दोषी ठहर गरेको थियो । बुधबार कैद सुनाएको हो । मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार जबरजस्ती करणीतर्फ जनही ७ वर्ष र सामूहिक करणीतर्फ थप १ वर्ष गरेर ८ वर्ष कैद सजायको फैसला भएको हो ।

दुवै जनालाई जनही ३ लाख जरिवानासमेत भएको बताए । न्यायाधीश दाहालकै इजलासले उनीहरूलाई गत बुधबार कसूदार ठहर गरेको थियो । सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस