नेपालमा दूतावास बन्द गर्दै उत्तर कोरिया « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालमा दूतावास बन्द गर्दै उत्तर कोरिया


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । उत्तर कोरियाले नेपालमा आफ्नो दूतावास बन्द गर्ने भएको छ । सन् २०१८ बाट संयुक्त राष्ट्रसङ्घको आर्थिक नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले आर्थिक अभावको कारण नेपालबाट दूतावास हटाउन लागेको बताइएको छ ।

नेपालबाट दूतावास हटाउने सम्बन्धमा दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै जानकारी गराएको हो । साथै सोमबार उत्तर कोरियाका राजदूत जो योङ मानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेका थिए । उक्त अवसरमा पनि उनले प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । अहिले उत्तर कोरियाको दूतावास ललितपुरको झम्सिखेलमा छ ।

आर्थिक सङ्कटलाई टार्नको लागि उत्तर कोरियालीहरूले काठमाडौँ उपत्यकाका केही स्थानमा रेस्टुरेन्ट व्यवसाय थालेका थिए तर राष्ट्र सङ्घको नाकाबन्दीको कारण नेपाल सरकारले उनीहरूको गतिविधिमा कडाइ गर्दै आइरहेको थियो । उत्तर कोरियाले लामो समयदेखि आणविक हतियार बनाएपछि आर्थिक नाकाबन्दी लगाइएको हो ।

नेपाल र उत्तर कोरियाबिच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस