एसिया कप क्रिकेटमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसिया कप क्रिकेटमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । यु-१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।

एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ ।

यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ । समूह बीमा भने आयोजक यूएईसहित बङ्गलादेश, श्रीलङ्का र जापान छन् ।

समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल १७ डिसेम्बरमा हुने छ । एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलङ्कामा हुने यु-१९ विश्वकप क्रिकेट खेल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस