२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचित संस्था जनताप्रति उत्तरदायी हुनुपर्छ : अध्यक्ष साह

अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकमा अहिले लोकतन्त्रका नाममा पार्टी तन्त्रको विचित्र अभ्यास भइरहेको आरोप लगाएका छन् ।

सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँगको भेटघाटमा उनले निर्वाचित संस्था जनताप्रति नभई पार्टीतर्फ उत्तरदायी हुने घटनाले यसलाई पुष्टि गरेको बताए।

सांसद एवं पूर्व मन्त्री साहले भने , “राज्यका संयन्त्रमा जवाफदेहिता कमजोर छ । समानुपातिक निर्वाचनको दुरुपयोग भएको छ । लोकतन्त्र दल र समूह हुँदै नेतामा सीमित बन्न पुगेको छ ।”

देशलाई विकास र समृद्धितर्फ लैजान नेताहरूको सोच र व्यवहारमा ठूलो परिवर्तनको खाँचो औँल्याउँदै उनले भ्रष्टाचार र कालोबजारीले मुलुकलाई थिलथिलो बनाएकाले त्यसका विरुद्ध सबै राजनीतिक शक्तिको एकीकृत प्रतिबद्धता चाहिने बताए ।

जनतालाई केन्द्रमा राखी काम गर्ने इच्छाशक्ति भए जतिसुकै चुनौतीका बीच परिणाम दिन सकिने उदाहरण प्रस्तुत गर्दै साहले जनताकै सहयोगमा निर्वाचन क्षेत्रमा तीन सय किमी सडक बनाउन र २७ हजार घरपरिवारलाई ग्याससहितको चुलो वितरण गर्न सफल भएको घटना सुनाए । जनउत्तरदायी, पारदर्शी र कर्तव्य पूरा गर्ने कार्यलाई उच्च महत्व दिने हो भने मधेसभित्रको दुर्गम भनेर चिनिएको आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास अरूका लागि उदाहरण बन्न सक्ने उनले बताए ।

देशको पूँजी पलायन रोक्ने र आउनेलाई सहजता प्रदान गर्ने स्पष्ट नीति नहुँदा अर्थतन्त्र प्रभावित भएको बताउँदै अध्यक्ष साहले राजनीतिक स्थिरता, सदाचार र नेताप्रतिको विश्वास बढाउन सकिएन भने मुलुक निर्माणको अभियानमा चुनौती खडा हुने तर्क राखे