चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डल काठमाडौँमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डल काठमाडौँमा


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगेको छ । पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।

उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरिन् । वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछन् ।

चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने साथै चीन(नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस