बलात्कार आरोपमा एक युवक पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बलात्कार आरोपमा एक युवक पक्राउ


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। गुल्मी ईस्मा गाउँपालिका-६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाल पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएका टोलीले मङ्गलवार साँझ पक्राउ गरेको हो। तानसेन नगरपालिका-८ तल्लो डुम्रे बस्दै आएकी किशोरीमाथि दाहालले बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस