नगर प्रहरीले हटायो फेवाताल छेउका फुटपाथ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नगर प्रहरीले हटायो फेवाताल छेउका फुटपाथ


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । पोखराको फेवाताल छेउको फुट–ट्रयाकमा रहेका विदेशी माग्नेलाई पोखरा नगर प्रहरीले हटाएको छ । फुट–ट्रयाकमा रहेका फुटपाथ व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रूपमा सचेत गरेको छ ।

तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यवसायीहरू र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यवसायीलाई हटाउन अनुरोध गर्दै मङ्गलवार राति पोखरा महानगर नगर प्रहरी टोली,बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् ।

आगामी दिनमा पर्यटकीय नगरी पोखराको सुन्दरता कमी आउन नदिनको लागि समेत व्यवसायीलाई आह्वान गरेका छन् । बैदाम प्रहरीका अनुसार फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यवसाय सञ्चालन गर्ने र त्यहाँ आएका विदेशी पर्यटकहरूले मागेर हिँड्ने र विभिन्न अनैतिक किसिमका गतिविधि देखाउनाले सुन्दरतामा नकारात्मक असर सृजना गरिएको जनगुनासो आएको थियो । यो गुनासोपछि साङ्केतिक रूपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने प्रहरीको भनाई छ ।

पोखरा नगर प्रहरीले भोलिबाट व्यापारिक सामान नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामान नियन्त्रण गर्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस