स्काउटको तालिमप्राप्त टोली भूकम्प प्रभावित क्षेत्रमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्काउटको तालिमप्राप्त टोली भूकम्प प्रभावित क्षेत्रमा


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ। भूकम्प प्रभावितको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि स्वयंसेवा गर्न नेपाल स्काउटको आकस्मिक उद्धारकर्ताको टिम जाजरकोट पुगेको छ ।

नेपाल स्काउटका अनुसार २०७२ को महाभूकम्पमा समेत उत्कृष्ट काम गरेको टिमसहित जाजरकोटमा एक साताका लागि स्वयंसेवा गर्नेछन् ।

विपद् व्यवस्थापनमा तालिम प्राप्त टिमले भग्नावशेषहरू व्यवस्थापन गर्ने, उद्धार तथा अस्थायी व्यवस्थापनलगायतका काममा सघाउने छ । भूकम्पले भत्किएका संरचनाहरू व्यवस्थापनमा समेत स्काउटको टोलीले काम गर्नेछ । स्काउटको अर्को टोली पनि जाजरकोट र रुकुम पश्चरततर्फ जाने तयारीमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस