बीमा बोर्डमा डा. लोहनी र एनएमसी अध्यक्षमा डा.भुसाल सिफारिस « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बीमा बोर्डमा डा. लोहनी र एनएमसी अध्यक्षमा डा.भुसाल सिफारिस


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी र नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा डा. चोपलाल भुसाललाई सिफारिस गरिएको छ । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्णयको लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो।

बोर्डको अध्यक्षमा लोहनीसहित पाँच जनाको नाम पठाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।

प्रवक्ता डा. बुढाथोकीका अनुसार मन्त्रालयले पठाएका नाम मन्त्रिपरिषदबाट फेरबदल भएर पनि आउन सक्ने बताए ।

स्वास्थ्य बीमा बोर्डका लागि प्रस्तावित डा. लोहनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १२ औँ तहमा अवकाश लिएका थिए भने डा. भुसाल नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष, टिचिङ अस्पतालका नाक,कान तथा घाँटीरोग विशेषज्ञ, स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष समेत हुन्। यसअघि डा. भुसाल बङ्गलादेशका लागि पूर्व राजदुत पनि थिए।

Tags :
प्रतिक्रिया दिनुहोस