निजामती कर्मचारीले पनि भूकम्प प्रभावितलाई सहयोग गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निजामती कर्मचारीले पनि भूकम्प प्रभावितलाई सहयोग गर्ने


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि निजामती कर्मचारीहरूले पनि केही दिनको तलब सहयोग गर्ने भएका छन् ।

मंगलबार बसेको सचिवहरूको बैठकले सचिव र सहसचिव स्तरका कर्मचारीको ३ दिन, अधिकृतस्तरका कर्मचारीको २ दिन र सहायकस्तरसहित अरु तहका कर्मचारीबाट १ दिनको तलब बराबरको रकम सहायता गर्ने निर्णय गरेको हो ।

सचिवस्तरीय बैठकले सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस