नेपाललाई हिन्दु राष्ट्र कायम गर्न विश्व हिन्दु महासङ्घको माग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न विश्व हिन्दु महासङ्घको माग


२१ कार्तिक २०८०, मंगलबार


अर्घाखाँची । विश्व हिन्दु महासङ्घ जिल्ला कार्य समितिले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गरेको छ ।

महासङ्घले आज आयोजना गरेको हिन्दु धर्मसम्बन्धी अन्तर्क्रिया विश्व हिन्दु महासङ्घका केन्द्रीय उपाध्यक्ष दधिराम शर्माले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न सबै लाग्नुपर्ने बताए । उनले हिन्दु राष्ट्र घोषणा हुन नसके नेपालकै अस्तित्व खतरामा रहेको जिकीर गरे ।

विश्व हिन्दु महासङ्घका केन्द्रीय सचिव पुनाराम पोख्रेलले विद्यालय स्तरमा संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने बताए । संस्कृत भाषा विश्वको मुख्य र पुरानो भाषा हुँदा पनि यसको महत्त्व नेपालले बुझ्न नसकेको उनको टिप्पणी थियो ।

कार्यक्रममा विश्व हिन्दु महासङ्घका केन्द्रीय सदस्य लोकनाथ पाण्डे, प्रदेश सचिव कमलकान्त पौडेल हिन्दु धर्म रक्षा परिषद् नेपाल केन्द्रीय अध्यक्ष नारायण खनाललगायतले देशलाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस