माधव नेपाल चीन प्रस्थान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माधव नेपाल चीन प्रस्थान


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।

१५ जनाको टोली सहित अध्यक्ष नेपाल मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन्। चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आफू नेतृत्वको टोली चीन जान लागेको जानकारी दिए ।

चीन भ्रमणका क्रममा विभिन्न पार्टीहरूसँग छलफल गर्ने, खुनमिङ हुँदै बेइजिङ नजिकैको शहर पुग्ने कार्यक्रम रहेको उनले बताए । त्यस्तै अध्यक्ष नेपालले भूकम्पले पीडित भएका जनताका लागि सरकार क्रियाशील हुनुपर्ने बताए । जनताको चाहनाका आधारमा भूकम्पपीडितका लागि सबै दलहरू एक भएर काम गर्नुपर्ने उनले बताए ।

चीन भ्रमणसम्पन्न गरेर अध्यक्ष नेपालको टोली आगामी २८ गते फर्कने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस