काँग्रेस सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेस सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसका सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्। संसदीय दलको बैठकले १५ दिन बराबरको तलब नेपाली काँग्रेसको केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडितलाई दिने निर्णय गरेको हो।

प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भूकम्पपीडितको राहत र व्यवस्थापनका लागिसमेत माग गरिएको छ। गण्डकीमा नेपाली काँग्रेसका २७ जना सांसद छन्। तीमध्ये ४ जना मन्त्री, २ जना समिति सभापति छन्। उनीहरूले एक महिना तलब सहयोग गर्दा झन्डै ७ लाख रुपैयाँ हुन आउँछ।

गण्डकीका काँग्रेस सांसद डिल्लीराम सुवेदीले यस अगावै १ महिनाकै तलब दिने घोषणा गरेका थिए। गण्डकी प्रदेशका एमाले सांसदले ७ दिनको तलब दिने घोषणा गर्दै सुरुवात गरेको थियो। गण्डकी प्रदेश सरकारले १ करोड रुपैयाँ दिने निर्णय गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस