प्रमुख प्रशासकीय अधिकृत कुट्ने उपाध्यक्षविरुद्ध उजुरी दर्ता  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रमुख प्रशासकीय अधिकृत कुट्ने उपाध्यक्षविरुद्ध उजुरी दर्ता 


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)विरुद्ध सार्वजनिक अपराध उजुरी दर्ता भएको छ । सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात र गालीगलौज गरेका चौधरीविरुद्ध सोमबार निवेदन दर्ता भएको हो ।

कार्तिक १६ गते उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीमाथि गालीगलौच, हातपात र तोडफोड गरेको उजुरीका आधारमा पाँचौँ दिन सोमबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दर्ता भएको हो ।

चौधरीविरुद्ध मुलुकी अपराधिकसंहिता २०७४ को परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । यद्यपि उनीविरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन ।

सम्बन्धित समाचार : गाडी नपाएको झोँकमा प्रमुख प्रशासकीय अधिकृत माथि हातपात, निवेदन दर्ता गर्न प्रहरीको आनाकानी

Tags :
प्रतिक्रिया दिनुहोस