भैरहवाका मेयरले ६ महिनाको सुविधा बराबरको रकम भूकम्प पीडितलाई दिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भैरहवाका मेयरले ६ महिनाको सुविधा बराबरको रकम भूकम्प पीडितलाई दिने


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुख इश्तियाक अहमद खाँले आफ्नो ६ महिनाको तलब जाजरकोट भूकम्प पीडित राहत कोषमा दिने घोषणा गरेका छन् ।

नगरप्रमुख खाँले ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहतमा दिएको जानकारी दिएका हुन् ।

मेयर खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउँ छन् । भूकम्पले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै मेयर खाँले भूकम्प पीडितहरूको पुनंस्थापना, गाँस लगायतका व्यवस्थापनका लागि सहयोग होस् उक्त सहयोगको घोषणा गरेको जानकारी दिए । उनले घोषणा गरेको सहयोग रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

यस्तै विनासकारी भूकम्पपछि सिद्धार्थनगरपालीकाले विभिन्न संघसस्थाको सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा एक ट्रक राहत आइतबार राती पठाएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

नगरपालिकाको साथै नगरको विभिन्न सङ्घसंस्थाको सहयोगमा कम्बल, चामल, चाउचाउ, फुरनदाना, सिरक, लत्ताकपडा लगायतका एक ट्रक राहत सामग्री जाजरकोट जिल्लाका लागि आइतबार राती जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीका अध्यक्ष (प्रजिअ) गणेश अर्याललाई हस्तान्तरण गरेको नगर सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस