दुई दिनभित्र सबै भूकम्प पीडितले राहत पाउँछन् : उपप्रधानमन्त्री खड्का « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दुई दिनभित्र सबै भूकम्प पीडितले राहत पाउँछन् : उपप्रधानमन्त्री खड्का


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प पीडितको उपचार, राहत र पुनः स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकै दिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आजदेखि राहत वितरण शुरु गरिने जानकारी दिए ।

‘दुई दिनभित्र सबै भूकम्प पीडित नागरिकसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौँ, थप केही आउने क्रम जारी छ’, उनले भने, ‘जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, त्यही गतिमा राहत पनि वितरण गर्छौँ ।’

उपप्रधानमन्त्री खड्काले राहतलगत्तै पुनः निर्माणको काम शुरु हुने बताए । उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

गएको शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्पका कारण नलगाड नगरपालिकाकी उपमेयर सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।

उपमेयर सरिता सिंहको निधन सदरमुकाम खलङ्गामा भए पनि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नलगाड पुर्‍याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस