विपदमा पनि एक ठाउँमा हुन सकेनन् एनआरएनएका अधिकारीहरु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विपदमा पनि एक ठाउँमा हुन सकेनन् एनआरएनएका अधिकारीहरु


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । निर्वाचनको जित र हारलाई लिएर विभाजित बनेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पदाधिकारीहरु विपद्को समयमा पनि एक ठाउँमा उभिन सकेनन् ।

एनआरएनएका अध्यक्ष डा. बद्री के.सी.लाई अस्वीकार गरेको राजेन्द्रकुमार शर्मा (आरके) पक्षले छुट्टाछुट्टै विज्ञप्ति निकालेर जाजरकोट भूकम्पका प्रभावितका लागि सहयोग गर्ने बताएका हुन् ।
एनआरएनएको लेटर प्याडमा अध्यक्ष डा. बद्री के.सी. र महासचिव गौरीराज जोशी तथा अर्को लेटर प्याडमा अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) र महासचिव बुद्धिसागर सुवेदीले विज्ञप्ति निकाले आफूहरुले भूकम्प पीडितहरुलाई सहयोग गर्ने बताएका छन् ।

के.सी. पक्षको विज्ञप्तिमा १० लाख रुपैयाँ प्रभावितहरुका लागि सहयोग गर्ने उल्लेख छ भने आरके पक्षको विज्ञप्तिमा २१ लाख रुपौयाँ सहयोग गर्ने उल्लेख छ ।
के.सी. पक्षले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग सङ्कलन तथा अन्य आवश्यक कार्यमा यथासक्य छिटो जुट्न सङ्घका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेको छ । आरके पक्षले आइतबार चिकित्सक र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा जान लागेको जनाएको छ ।


गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनबाट अध्यक्षमा डा. के.सी. निर्वाचित भएका थिए । आरके पक्षले निर्वाचनमा धादली भएको भन्दै परिणामलाई अस्विकार गरेको बताउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस