काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

जाजरकोट भूकम्पलगायतका समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस