तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावितलाई १० लाख सहयोग गर्न तयार « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावितलाई १० लाख सहयोग गर्न तयार


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाले जाजरकोट भूकम्प प्रभावितलाई १० लाख रुपैयाँ आर्थिक सहयोग तयार भएको छ।

नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रहरूमा स्वास्थ्यकर्मीसहितको औषधि र सहायता सामाग्री पठाएको छ।

नगरपालिकामा आज आयोजित आकस्मिक बैठकबाट नगरपालिकाले सो निर्णय गरेको हो।

नगरपालिकाले घाइते हरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामाग्री र टोली पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताए।

जनस्वास्थ्य निरीक्षक रामेश्वर ढकाल सहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री, सहित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई ५/५ लाखका दरले राहत सामाग्रीका लागि रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृतले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस