भूकम्प प्रभावितलाई सहयोग गर्न समाज कल्याण परिषद्को आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भूकम्प प्रभावितलाई सहयोग गर्न समाज कल्याण परिषद्को आग्रह


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । समाज कल्याण परिषद्ले भूकम्प प्रभावित क्षेत्रमा तत्काल आवश्यक सहयोग गर्न अनुरोध गरेको छ । परिषद्का सदस्य सचिव मनोज भट्टले विज्ञप्ति निकालेर राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्रसरकारी सामाजिक सङ्घसंस्थाहरूलाई आ–आफ्नो परियोजना सञ्चालन भएको कार्यक्षेत्रबाट तत्काल आवश्यक उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्‍याउन अनुरोध गरेका हुन् ।

‘सङ्घ संस्थाहरूले यस कार्यमा सहयोग गर्दा सम्बन्धित स्थानीय तह एवं जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सहकार्यमा गर्न हुन र सो को जानकारी समाज कल्याण परिषद्मा पठाउन हुन समेत सुचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । साथै विपद्को समयमा सहयोगको लागि कार्यरत सामाजिक सङ्घ संस्थाहरूलाई सहजरुपमा कार्यसम्पादन गर्ने वातावरण मिलाई सहयोग गरिदिन सम्बन्धित स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलाई परिषद्ले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस