नेपाली सेनाले यसरी गर्दैछ जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको उद्धार  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाली सेनाले यसरी गर्दैछ जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको उद्धार 


१८ कार्तिक २०८०, शनिबार


जाजरकोट । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अहिले उद्धार कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयवासीले भूकम्प पीडितको उद्धार गरिरहेका छन्। 

जाजरकोट जिल्लाको बारिकोट गाउँपालिका –१रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प लगत्तै प्रभावित इलाकामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन भएको थियो । 

जाजरकोट र पश्चिम रुकुममा परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेको नेपाली सेनाले जनाएको छ ।  परिचालित फौजले मृतकहरूको  शव उद्धार गर्नुको साथै घाइतेहरूको उद्धार गरी अस्पताल पठाउने कार्य गर्नुका साथै काठमाडौँ, सुर्खेत र नेपालगन्जमा डा. अधिकृत र स्वास्थ्य सामाग्री सहितको टोली थप उद्धार कार्यको लागि स्ट्याण्डबाइ राखिएको तथा घाइतेहरूको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा. अधिकृतको टोली तयारी हालतमा रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धार कार्य गर्न एनए–०५७ इमआई हेलिकप्टरबाट काठमाडौँ–चौरजहारी ३ जना डाक्टर सहित १६ जना, एनए–०१६०६४ स्काइ ट्रक, काठमाडौँ चौरजहारी १६ जना, एनए–०६१ बीइएलएल हेलिकप्टरबाट सुर्खेत लामिडाँडा ३ जना, एनए–०३८ एमआई हेलिकप्टरबाट काठमाडौँ–चौरजहारी २६ जना मेडिकल टिम सहितका फौजहरू परिचालन भएकोसमेत सेनाले जनाएको छ । 

स्थलगत अवलोकनमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टरबाट भूकम्पमा परी घाइते भएका आधा दर्जन घाइतेको उद्धार गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस