सुदूरपश्चिम सरकारद्वारा भूकम्प पीडितलाई एक करोड सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिम सरकारद्वारा भूकम्प पीडितलाई एक करोड सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गर्दै घोषणा गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको बताए । सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल रु १ करोड र स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस