भूकम्पमा परी नापी कार्यालय जाजरकोटका अमिन भण्डारीको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भूकम्पमा परी नापी कार्यालय जाजरकोटका अमिन भण्डारीको मृत्यु


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट नापी कार्यालयका एक कर्मचारीको मृत्यु भएको छ । भूकम्पमा परी दैलेखको दुल्लु घर भई नापी कार्यालय जाजरकोटमा कार्यरत अमिन एलिना भण्डारीको मृत्यु भएको हो ।

उनी कार्यालयको क्वाटरमा बस्दै आएकी थिइन् । भूकम्पले क्वाटर भत्काउँदा पलङमै च्यापिएको अवस्थामा उनको शव फेला परेको कार्यालय प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए । भूकम्पमा परी भण्डारीसँगै बस्दै आएका उनका भाइको पनि मृत्यु भएको छ ।

भण्डारी विगत १४ महिनादेखि नापी कार्यालय जाजरकोमा कार्यरत थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस