भूकम्प अपडेट : १ सय ३७ जनाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भूकम्प अपडेट : १ सय ३७ जनाको मृत्यु


१८ कार्तिक २०८०, शनिबार


जाजरकोट । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३७ पुगेको हो ।

त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् । भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् । गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस