भूकम्पपीडितलाई काँग्रेसले ५० लाख रुपैयाँ दिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भूकम्पपीडितलाई काँग्रेसले ५० लाख रुपैयाँ दिने


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसले जाजरकोट भूकम्पको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट तर्फबाट ५० लाख सहयोग गर्ने भएको छ ।

शनिबार काँग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर सहयोगको घोषणा गरेका हुन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति भएको छ । सयौँ घाइते भएका छन् ।

यस घटनाले समस्त नेपालीलाई मर्माहत र दुस्खी बनाएको उल्लेख गर्दै काँग्रेसले यस्तो समयमा सरकार, राजनैतिक दलहरू, सङ्घ-संस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपिल गरेको छ ।

‘यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली काँग्रेसले रु।पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली काँग्रेस अपिल गर्दछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस