कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्री रानामगरले दिए राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्री रानामगरले दिए राजीनामा


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट मन्त्री थपेपछि एमालेले कोशी सरकार छाडेको छ।

शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई मन्त्री रामबहादुर राना मगरले राजीनामा बुझाएका छन्।

मुख्यमन्त्रीले सहमति अनुसार कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ। उनी विना विभागीय मन्त्री थिए।

एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार उसको सहमति बेगर माओवादी र एकीकृत समाजवादीबाट एक एक जना मन्त्रीलाई सपथ गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस