प्रधानमन्त्री ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पतालमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पतालमा


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन्। जिल्ला अस्पताल जाजरकोट पुगेर दाहालले घाइतेहरूलाई भेटेका हुन्।

प्रधानमन्त्रीसँगै वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरू स्वास्थ्य सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको र तत्काल उपलब्ध केही राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

गृह मन्त्रालयले प्रभावित जिल्ला आसपासका जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत उद्धार र राहतमा सहभागी हुन निर्देशन दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस