भूकम्पका गम्भीर घाइतेको उपचारका लागि बाँकेका अस्पताल तयारी अवस्थामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भूकम्पका गम्भीर घाइतेको उपचारका लागि बाँकेका अस्पताल तयारी अवस्थामा


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । जाजरकोट केन्द्र भएर गएको भूकम्पका परी गम्भीर घाइते भएकाहरूको उपचारका लागि बाँकेको नेपालगन्जस्थित भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाइएको छ ।

भूकम्पका गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनले बिहान ३.२१ बजेबाटै तयारी थालेको र भेरी अस्पताललाई डेडिकेटेड अस्पतालका रूपमा तयार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

घाइतेहरूका आफन्तजनको सहजताको लागि फोकल पर्सनका रूपमा नरेश श्रेष्ठ (९८५११४३६६६) लाई तोकिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । उनका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र लजिस्टिकको प्रबन्ध मिलाइएको छ ।

हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र सेनाको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । ब्लडको मौज्दात रहेको र अपुग भएमा फ्रेश ब्लड आपूर्तिको लागि रक्त दाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस