प्रधानमन्त्री ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा जाँदै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा जाँदै


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ त्यस क्षेत्रमा जाने भएका छन् ।

जाजरकोटको रामिडाडा केन्द्रबिन्दु बनाएर गएराति ११:४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैँ प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस