भूकम्पका घाइतेको उद्धार र राहतमा जुट्न सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भूकम्पका घाइतेको उद्धार र राहतमा जुट्न सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । जाजरकोटमा गएरातिको भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रूपमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेहरूको तत्काल उद्धार र राहतका लागि सबै संयन्त्रहरूलाई सक्रिय रूपमा काम गर्न भनेका छन् ।

घाइतेहरूको उद्धारका लागि स्वास्थ्यकर्मी, हेलिकप्टर र औषधि पठाउने तयारी भइरहेको हेलो सरकारले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति प्रधानमन्त्रीले गहिरो दुस्ख व्यक्त गर्दै घाइतेहरूको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस