ट्रकको ठक्करबाट एकै परिवारका ५ जनाको मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ट्रकको ठक्करबाट एकै परिवारका ५ जनाको मृत्यु


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौकुने गाउँपालिका-७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र भाइबुहारी सुस्मिता नेवार रहेको जनाइएको छ ।

उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट मालबाहक ट्रकले ठक्कर दिएको बताइएको छ ।

सिजनको परिवार रोजगारीका लागि भारतमा बस्ने गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस