आज र भोलि बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज र भोलि बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । सरकारले आज र भोलि ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार र शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो।

भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत खुवाउन सकिने मन्त्रालयले जनाएको छ।

यसअघि प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन गर्ने गरिएको यो कार्यक्रम यो वर्ष बडादसैँ परेकाले १७ र १८ गते सञ्चालन हुन लागेको हो।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधी नियमित खुवाउन थालेको हो।

प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस