नेपालविरुद्ध ओमानलाई तेस्रो सफलता, भुर्तेल आउट « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपालविरुद्ध ओमानलाई तेस्रो सफलता, भुर्तेल आउट


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । आइसिसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल भुर्तेल १८ बलमा २६ रन बनाएर आउट भएका हुन् । यसअघि सोमपाल कामीले १२ रन र आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका थिए ।

नेपालले ३ विकेटको क्षतिमा ४३ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो ।

आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस