काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपालको पहिलो विकेट गुमेको छ। ओमानले नेपाललाई दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर आशिफ शेख ५ रन बनाएर आउट भएका हुन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए।
नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए। अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो।







