संयुक्त राष्ट्रसङ्घका महासचिवको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संयुक्त राष्ट्रसङ्घका महासचिवको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुङ्गानाको मृत्यु भएको छ ।

अन्नपूर्ण बेसक्याम्प पुगेर फर्कने क्रममा आज बिहान मृत्यु भएको जनाइएको छ । गत कात्तिक १२ गते असई ढुङ्गाना गुटेरेसको सुरक्षाको लागि उनीसँगै हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए ।

सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किएका थिए । ढुङ्गाना भने हिँडेर फर्किदा लेक लागेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

एसपी थापाले भने, “गए राति हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुङ्गानालाई श्वासप्रश्वासमा समस्या देखिएको रहेछ । आज हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भयो ।”

उनलाई पोखरा मणिपाल अस्पताल पुर्‍याइएको थियो । ढुङ्गाना इलाका प्रहरी कार्यालय घान्द्रुक कास्कीका प्रहरी प्रमुख हुन् । अन्नपूर्ण आधार शिविर उनकै क्षेत्रमा रहेका कारण उनी गुटरेससँग वेसक्याम्प पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस