‘सङ्गठन सुदृढ तुल्याउन विधान संशोधन आवश्यक’ : गगन थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘सङ्गठन सुदृढ तुल्याउन विधान संशोधन आवश्यक’ : गगन थापा


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई कार्यकर्ता र जनताप्रति जबाफदेही बनाउन विधान संशोधन आवश्यक भएको बताएका छन् । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा आज स्थानीय कार्यकर्तासँगको भेटमा महामन्त्री थापाले सङ्गठन बलियो बनाउन विधानमा संशोधन आवश्यक भएको बताएका हुन् ।  

नेता थापासँग स्थानीय कार्यकर्ताले पार्टी नेतृत्व र चुनावमा टिकट पाउन चाकरी गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । 

घोडेपानीका होटेल व्यवसायीले कोरोना महामारीपछि पर्यटन क्षेत्र लयमा फर्कन नसकेको, जलवायु परिवर्तनको प्रभाव यस क्षेत्रमा पनि  परेको र सडकका कारण विस्थापित भएका पदमार्गको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस