टी–२० विश्वकप एसिया छनोट : हङकङमाथि बहराइनको सानदार जित « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

टी–२० विश्वकप एसिया छनोट : हङकङमाथि बहराइनको सानदार जित


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई बहराइनले ५ बल अगावै १२६ रनमा अलआउट गरेको हो ।

बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ । पहिलो खेलमा युएईसँग पराजित बहराइनले पहिलो जित निकाल्दा कुवेतलाई पहिलो खेलमा हराएको हङकङले पहिलो हार व्यहोरेको छ ।

बहराइन र हङकङको दुई खेलबाट समान २/२ अङ्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस