राष्ट्र बैंकद्वारा २७ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैंकद्वारा २७ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ ।

परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो । सूचनामा २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने उल्लेख छ ।

जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब १० करोड रुपैयाँको ९१ दिने, १३ अर्ब रुपैयाँको १८२ दिने र १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आज सोमबार (कात्तिक १३ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । कात्तिक १४ गते मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

पछिल्लो पटकको बोलकबोलमा ५.९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ५.९५ प्रतिशत र सबैभन्दा कम २.६१ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण सङ्कलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः विक्री गरिरहेको छ । सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस