टि-२० विश्वकप छनौटमा भोलि नेपाल र सिंगापुर भिड्दै  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

टि-२० विश्वकप छनौटमा भोलि नेपाल र सिंगापुर भिड्दै 


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोट भोलि देखि कार्तिक १९ गतेसम्म नेपाल हुने भएको छ । मुलपानी क्रिकेट मैदान र कीर्तिपुर क्रिकेट मैदान हुने यो प्रतियोगितामा भोलि नेपालले सिंगापुरसँग खेल्दैछ। 

खेल बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ । उपाधिको दाबेदार नेपाल सिंगापुरलाई हराउँदै सानदार सुरुवात गर्न चाहन्छ । 

नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनल खेलमा युएईसँगको खेलबाट टोलीमा परिवर्तन गर्ने सम्भावना रहेको छ । त्रिकोणात्मक सिरिजमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने थिएनन् । सन्दीप विश्वकप छनोट टोलीमा छन् । सन्दीप टोलीमा फर्किदा नेपालले एक खेलाडीलाई बेन्चमा राख्नु पर्ने हुन्छ ।

यो प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै मलेसिया, सिंगापुर र ओमान छन् । समूह ‘ए’ का सबै खेल  कीर्तिपुर क्रिकेट मैदानमा हुनेछन् । समूह ‘बी’ मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह ‘बी’ का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्। समूह ‘ए’  र समूह ‘बी’बाट शीर्ष दुई  दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन्।

नेपालको सम्भावित प्लेइङ ११  मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस